ओहदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौ‌– स्लोभानियाका लागि नेपालका राजदूत प्रकाशकुमार सुवेदीले त्यहाँका राष्ट्रपति बोरुट परहोरसमक्ष सोमबार लुब्जाना राजप्रासादमा आयोजित विशेष समारोहमा आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

साे अवसरमा राजदूत सुवेदीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट राष्ट्रपति बोरुटमा शुभकामना व्यक्त गरे । 

स्लोभानियाका राष्ट्रपतिले दुई देशबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ तुल्याउन दुवै देशका नेतृत्व र अधिकारीबीच सघन परामर्श हुनुपर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीमा शुभेच्छा प्रकट गरेको भियनास्थित नेपाली दूतावासले आज जनाएको छ । 
 





  • प्रकाशित मिति : पुस ३, २०७५ मंगलबार १७:५१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया