किप्टोकरेन्सी कारोबार हुने एप तथा वेबसाइट बन्द गर्न प्राधिकरणको निर्देशन
फाइल तस्वीर

नेपाल दूरसञ्चार प्राधिकरणले ‘क्रिप्टोकरेन्सी’ कारोबार गर्ने सबै वेबसाइट र मोबाइल एप बन्द गर्न निर्देशन दिएको छ । प्राधिकरणले गैरकानुनी रूपमा डलर सटही गर्ने क्रिप्टोकरेन्सीका एप तथा वेबसाइटहरूलाई बन्द गर्न निर्देशन दिएको हो ।

प्राधिकरणले इन्टरनेट सेवा प्रदायक सबै कम्पनीलाई पत्राचार गरी क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा तथा गैरकानुनी क्रियाकलाप गरी आर्थिक अपराध बढेको भन्दै त्यस्ता एप तथा वेबसाइटहरूलाई नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल तथा कालोसूचीमा राख्न निर्देशन दिएको हो ।

'अर्थमन्त्रालयको मन्त्रीस्तरीय निर्णयानुसार अनुरोध भई आएकाले त्यस्ता अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन हाइपर नेटवर्किङ अनलाइन जुवा लगायतका गैर कानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यम नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध डिसएबल तथा कालो सूचीमा राख्ने व्यवस्था गर्नुहुन निर्देशानुसार अनुरोध छ,' प्राधिकरणका उपनिर्देशक रेवती राम पन्थीले भने ।





  • प्रकाशित मिति : चैत १, २०७८ मंगलबार १७:१८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया