पाँचाै संस्करणकाे ‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ जुनमा हुने

पाँचौं संस्करणको ‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२२’ जुनको अन्तिम साता अर्थात् जुन २३ देखि २६ सम्म आयोजना हुने भएको छ ।

अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामूलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ।

वासिङ्टन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने महोत्सवका लागि विश्वभरिबाट आवेदन खुला गरिएको छ ।

चलचित्र महोत्सवसमा नेपालका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसनका साथै सबै विधाका फिल्म प्रदर्शन गरिनेछन् । नेपालबाहेक अमेरिका, दक्षिण एसियासहित विभिन्न देशका स्वतन्त्र सिनेमा यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् । 

गत वर्षदेखि वासिङ्टन डिसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय फिल्मकर्मीलाई प्रोत्साहन गर्न ‘डिएमभी क्लोजअप’ अन्तर्गत प्रदर्शन हुनेछ ।

स्थापनाकालदेखि ग्लोबल पिस फिल्म फेस्टिभल फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुँदै आएका फिल्म यो वर्ष पनि समावेश हुने गरिने छ ।



अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरूको समितिले आवेदन परेकामध्येबाट उत्कृष्ट फिल्म प्रदर्शनका लागि छनोट गर्नेछन् । प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट फिल्मलाई विभिन्न अवार्डबाट पुरस्कृत पनि गरिनेछ । 

महोत्सवको अवधिमा फिल्म, संस्कृति र नयाँ प्रविधिबारे प्यानल छलफल तथा कार्यशाला पनि आयोजना हुनेछन् ।



महोत्सवमा फिल्म प्रदर्शनपछि उपस्थित निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिने आयोजकले जानकारी दिएका छन् ।

कोरोना संक्रमणका कारण २०२० को महोत्सव स्थगित भएता पनि साउथ एसियन फिल्म फेस्टिभलको नेटवर्कमा कोसाफको आयोजना भएको थियो । 

सन् २०२१ को संस्करण भने भर्चुअल रूपमा आयोजना भएको थियो । २०२२ को संस्करण अनलाइन तथा भौतिक रूपमा आयोजना गर्ने आयोजकको तयारी रहेको छ । 

  • प्रकाशित मिति : चैत २, २०७८ बुधबार १०:८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया