आइसिसी महिला विश्वकप : इंग्ल्याण्डको पहिलो जित, भारत ४ विकेटले पराजित

आइसिसी महिला एक दिवसीय विश्वकप अन्तर्गत आज सम्पन्न खेलमा इंग्ल्याण्ड विजयी भएको छ । पहिलो जित निकाल्ने क्रममा इंग्ल्याण्डले भारतमाथि ४ विकेटको जित हात पारेको हो ।

१३५ रनको लक्ष्य इंग्ल्याण्डले ३१.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍याे । उसका लागि कप्तान हेदर नाइटले अर्धशतकीय पारी खेलिन् । 

५३ रनमा अविजित रहेकी उनले ७२ बलको सामना गर्दै ८ चौका प्रहार गरिन् । 

नटाली स्काइभरले ४५, सोफिया डंकलिन १७ र ऐमी जोन्सले १० रन जोडे । 

भारतका लागि मेघना सिंहले ३ तथा झुलन गोस्वामी, राजेश्वरी गायकवाड र पूजा वस्त्राकरले १-१ विकेट हात पारे । 

यसअघि न्युजिल्यान्डको माउन्ट मौन्गानुइस्थित बे ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ३६.२ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन बनाएको थियो ।



भारतका लागि स्मृती मन्धनाले सर्वाधिक ३५ रनको योगदान दिइन् । ऋचा घोषले ३३ र झुलन गोस्वामीले २० रन जोडे ।

इंग्ल्याण्डका लागि सार्लेट डिनले ४, अन्या श्र्रुबसोले २ तथा सोफी इक्लेस्टन र केटी क्रसले १-१ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
 
जितसँगै इंग्ल्याण्ड ४ खेलमा २ अंक जोड्दै छैटौं स्थानमा रहँदा पराजित भारत समान खेलबाट ४ अंकका साथ तेस्रो स्थानमा छ । 



  • प्रकाशित मिति : चैत २, २०७८ बुधबार १२:१४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया