मीनेन्द्र रिजालले औँल्याए चुनावी गठबन्धन बन्न नसक्ने दुई बाध्यता

नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले सत्तारूढ गठबन्धनमा चुनावी तालमेल बन्न नसक्ने संकेत गरेका छन् । 

उनले चुनावी गठबन्धन बनाउनका लागि कांग्रेसमा दुईवटा अप्ठ्यारा रहको औँल्याएका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत टिप्पणी गर्दै केन्द्रीय तहमै गठबन्धन बनाउने निर्णय गर्न कांग्रेसलाई अप्ठ्यारो हुने बताएका हुन् ।

सधैँ रूखमा दिनेले अरूतिर र पहिले कहिले नदिएकाले पहिलो पटक अहिले रूखमा मत नदिने उनको बुझाइ छ । 

त्यस्तै, महानगरबाहेक स्थानीय तहको टिकटको निर्णय स्थानीय तहमै हुने विधानको व्यवस्थाका कारणले चुनावी गठबन्‍धनको सम्भावना न्यून रहेको उनको भनाइ छ ।

'सधैँ रूखमा दिनेले अरूतिर र पहिले कहिले नदिएकाले पहिलो पटक अहिले रूखमा मत नदिने, र महानगरबाहेक स्थानीय तहको टिकटको निर्णय स्थानीय तहमै हुने विधानको व्यवस्थाका कारणले पनि, केन्द्रीय तहमै गठबन्धन बनाउने निर्णय गर्न काङ्ग्रेसलाई अप्ठ्यारो छ,' उनले भनेका छन् ।





  • प्रकाशित मिति : चैत २, २०७८ बुधबार १४:२८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया