कस्तो रहला आज देशभरको माैसम ?

आज बिहीबारदेखि फागुपूर्णिमा अर्थात् होली पर्व सुरु भएको छ । आज काठमाडौं उपत्यकासहित पहाडी क्षेत्र र शुक्रबार तराईमा होली पर्व मनाइन्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष होलीमा मौसम सामान्य रहेको छ । बुधबार साँझ स्थानीय वायुका कारण उपत्यका वर्षा भए पनि आज भने मौसम सफा नै रहने आँकलन गरिएको छ ।

हाल बिहार तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको महाशाखाले जनाएको छ । दिउँसो पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

शुक्रबार दिउँसो पनि देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएको छ ।  





  • प्रकाशित मिति : चैत ३, २०७८ बिहीबार ७:१०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया