इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अन्तिम–१६ को दोस्रो लेगमा फ्रेन्च क्लब लिलीलाई २–१ तथा समग्रमा ४–१ ले हराउँदै चेल्सी क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
आज बिहान लिलीको घरेलु मैदान स्टेड पिएरी मउरोयमा भएको खेलमा चेल्सीलाई जित दिलाउन क्रिस्टियन पुलिसिच सिजर अज्पिलीक्वटाले १–१ गोल गरे । लिलीका बुराक यिलमाजले १ गोल फर्काए ।
खेलको ३८ औं मिनेटमा यिलमाजको गोलमार्फत घरेलु टोलीले अग्रता लिएको थियो । पहिलो हाफको थप गरिएको समयमा पुलिसिचले चेल्सीलाई १–१ को बराबरीमा ल्याए ।
७१ औं मिनेटमा अज्पिलीक्वटाले गोल गरेपछि चेल्सीले २–१ को रोमाञ्चक जित निकाल्यो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको पहिलो लेगमा चेल्सी २–० ले विजयी भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।