च्याम्पियन्स लिगकाे अन्तिम-१६ बाटै बाहिरियो युभेन्टस

इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिगको अन्तिम-१६ बाटै बाहिरिएको छ । आज बिहान घरेलु मैदानमा भएको दोस्रो लेगमा पराजित भएसँगै युभेन्टस लिगबाट बाहिरिएको हो ।

स्पेनकाे भिल्लारियलसँग ३-० तथा समग्रमा ४-१ ले पराजित हुँदा युभेन्टसले अघिल्लो चरण प्रवेश गर्ने सम्भावना गुमायो । एलियन्ज स्टेडियममा भएको खेलमा भिल्लारियललाई जित दिलाउन जेरार्ड मोरेनो, पाउ टोरेस र एर्नाउट डानजुमाले १-१ गोल गरे । 

खेलको ७८ औं मिनेटमा मोरेनोले पेनाल्टीमार्फत गोल गर्दै भिल्लारियललाई अग्रता दिलाएका थिए । रुगानीले फ्रान्सिस कोक्विलिनलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै भिल्लारियललाई पेनाल्टी प्रदान गरेका थिए । 

८५ औं मिनेटमा टोरेसले सर्जी औरिएरको पासमा गोल गर्दै पाहुना टाेलीकाे अग्रता दोब्बर पारे । थप गरिएकाे समयमा डानजुमाले पेनाल्टीमा टोलीका लागि तेस्रो गोल गर्दै भिल्लारियललाई सहज जितका समथ क्वार्टरफाइनल यात्रा तय गराए ।

म्याथिज डि लिग्टले डानजुमालाई नै फउल गर्न पुगेपछि रेफ्रीले पाहुना टाेलीलाई दोस्रोपटक पेनाल्टी दिएका थिए । भिल्लारियलकाे घरेलु मैदान स्टेडियाे डि ला सिरामिकामा भएकाे पहिलाे लेग १-१ काे बराबरीमा सकिएकाे थियाे । 






  • प्रकाशित मिति : चैत ३, २०७८ बिहीबार ७:४५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया