सिटीसँग अंक दूरी घटाउँदै लिभरपुल

इंग्लिस प्रिमियर लिगमा आज बिहान सम्पन्न खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले घरेलु टोली आर्सनलमाथि २–० को सहज जित हात पारेको हो ।

इमिरेट्स  स्टेडियममा लिभरपुललाई जित दिलाउन डिएगो जोटा तथा रोबर्टो फिर्मिनोले १–१ गोल गरे । खेलको ५४ औं मिनेटमा जोटाको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । उनले थिएगो अलकन्तरताको पासलाई सदुपयोग गरेका हुन् ।

६२ औं मिनेटमा एन्ड्रियु रोबर्टसनको पासमा गोल गर्दै फिर्मिनोले पाहुना टोलीलाई २–० को सहज जित दिलाए । यो जितसँगै लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी १ मा झारेको छ ।

समान २९ खेलमा सिटीको ७० र लिभरपुलको ६९ अंक छ । पराजित आर्सनल २७ खेलमा ५१ अंकका साथ चौथो स्थानमा छ । 






  • प्रकाशित मिति : चैत ३, २०७८ बिहीबार ८:२९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया