बाइडेन र जिनपिङबीच युक्रेन संकटमा केन्द्रित भई वार्ता हुने

युक्रेनमा जारी संकटका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले आज (शुक्रबार) चिनियाँ राष्ट्रपति सी जिनपिङसँग फोनवार्ता गर्ने भएका छन् ।

अमेरिका लगायतका विभिन्न देश रुसकाे विरुद्धमा छन् । त्यसैले रुसप्रति चीनको उदार दृष्टिकोण देखिन्छ । यस्तो अवस्थामा यो वार्ताबाट मतभेद सुल्झाउने अवसर पनि आउनसक्ने विज्ञहरू बताउँछन् ।

ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले राष्ट्रपति बाइडेनले वार्ताबाट सी जिनपिङको अडान के हो भन्ने कुरा थाहा पाउने मौका पाउने बताएकी छन्।

साकीका अनुसार व्यापार र अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलाका विषयमा पनि वार्ता हुनेछ । तर युक्रेनमा रुसले गरेको आक्रमणको विषयलाई विशेष जोड दिइनेछ। 

अमेरिकाले युक्रेनी सेनालाई सैन्य सहयोग मात्रै नगरी, रुसको विरुद्धमा पश्चिमी देशहरूलाई पनि एकजुट गरेको छ । 

चीनले रुसकाे विराेध नगर्दा चीनले रुसलाई आर्थिक र सैन्य सहायता दिने डर वासिङ्टनमा छ ।



अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बाइडेनले वार्तामा चीनले रुसको आक्रमणलाई सहयोग गरे जिम्मेवारी चीनले लिनुपर्ने कुरा स्पष्ट पार्ने बताएका छन्।
 



  • प्रकाशित मिति : चैत ४, २०७८ शुक्रबार १०:११:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया