रङको पर्व फागुमा सामान्य सबै रङसँग रमाए पनि विभिन्न विधाका कलाकारहरूले भने रङको कलाकृति बनाएर छुट्टै तरिकाले हाेली पर्व मनाएका छन् ।
रङकाे पर्व हाेली पर्वको अवसरमा फरक विधाका कलाकारले विशेष चित्रकला कार्यशाला आयोजना गरी हाेली पर्व मनाएका हुन् ।
फागु पनि भनिने हाेलीमा रङमा झुम्ने र रङ साटासाट गरेर प्रेम साट्ने प्रचलन रहेको छ ।
तर, कलाकारहरुले उक्त रङ साटसाट गरेर नभई रङले विभिन्न प्रकृति, संस्कृति तथा मनोभाव झल्कने चित्र बनाएर फरक तरिकाले मनाएका हुन्।
विशेष चित्रकला कार्यशाला कार्यक्रममा बोल्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा वरिष्ठ कलाकार के.के कर्माचार्यले विभिन्न फरक फरक विधाका कलाकारहरूले रङले चित्र बनाएर होली मनाउनु ऐतिहासिक भएको बताए।
उनले नेपालमा रंगकर्मी भनेर नित्य विधाका कलाकारलाई भन्ने गरेको तर नित्य विधाका कलाकारलाई नभएर ललितकलालाई रंगकर्मी भन्नु पर्ने बताए ।
नित्य विधालाई रंगकर्मी नभएर मञ्चकर्मी भन्न मिल्ने कर्माचार्यकाे भनाइ छ ।
उनले भने, ‘आज भएको कार्यक्रम विशेष छ । कलाकारहरू जम्मा भएर रङको पर्व बनाउने कार्य हुँदै आएको हो । यो वर्ष साहित्य, संगीत, हास्य विधाका कलाकारहरूले कलाकृति सृजना गर्नुभयो । यो कार्य एतिहासिक भएकाे ठहर गरेको छु । धेरै विधाका कलाकारले राम्रो कलाकृति बनाउनु भयो । रङकर्मी भनेको हामीले नित्यसँग सम्बन्धित भन्छौं । रङकर्मी भनेर ललितकला कर्मीलाई भन्नुपर्छ । जुन नित्य क्षेत्रका कलाकर्मीहरूलाई मञ्चकर्मी भन्न सुहाउँछ। आज कलाकारहरूले रङलाई खेलेर विभिन्न कलाकृतिको सृजना गर्नु भयो । फरक ढङगले हाेली मनाएको महसुस भयो । आगामी दिनमा अझ ननप्रोफेसलन कलाकारहरूलाई बढी सहभागी गराएर माहोल कलामय बनाउन सकिने देखेँ मैले ।’
होलीलाई रङसँग झुमेर मात्रै नभएर रङकै कलाकृति बनाएर पनि मनाउन सकिन्छ भन्ने उदाहरण भएको कर्माचार्यकाे भनाइ छ ।
त्यस्तै, वरिष्ठ साहित्कार डा. रामप्रसाद ज्ञवालीले आफूले पहिलो पटक चित्र बनाउँदा रोमाञ्चक अनुभव गरेको बताए ।
यसैगरी, स्पेक्ट्रम कला संस्थाका अध्यक्ष इन्द्र श्रेष्ठले विगत आठ वर्षदेखि काठमाडौं उपत्यका लगायत बाहिरी जिल्लामा कार्यशाला गर्दै आएको बताए।
स्पेक्ट्रम कला संस्थाले फागु पर्वजस्तै विभिन्न पर्व अवसरमा फरक विधाका कलाकारसहित चित्रकला कार्यशाला गर्ने बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।