चेल्सी किन्ने एथेल पार्टनर्सको इच्छा
फरकधार / ४ चैत, २०७८

इंग्लिस क्लब चेल्सी किन्नका लागि रिकार्डो सिल्भाको नेतृत्वमा रहेको लगानी ग्रुप एथेल पार्टनर्सले बोलपत्र पेस गरेको छ । 



चेल्सीका लागि एथेलले २ बिलियन पाउण्डको प्रस्ताव गरेको बताइएको छ ।

यस्तै, एथेलले क्लबको वित्तीय समस्याहरू कम गर्न र स्ट्यामफोर्ड ब्रिजको पुन: निर्माणका लागि ५० मिलियन पाउण्ड तत्काल उपलब्ध गराउने प्रस्ताव गरेको जनाइएको छ ।



रुसले युक्रेनमाथि आक्रमण गरेपछि चेल्सीका मालिक तथा रसियन अर्बपति रोमन अब्रामोविचले तीन साताअघि क्लब बेच्ने घोषणा गरेका थिए ।



क्लबको हितलाई ध्यानमा राखेर चेल्सी बेच्ने निर्णय गरेको बताएका रोमनले २००४ मा लण्डन क्लब चेल्सी किनेका थिए । 

रोमन इन्भेस्टर भिसामा बेलायत बस्दै आएका थिए । हाल बेलायत सरकारले उनीमाथि प्रतिबन्ध लगाएको छ । 

  • प्रकाशित मिति : चैत ४, २०७८ शुक्रबार ११:२७:३४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया