सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनकारीहरूले माओवादीलाई निसाना बनाएको आराेप लगाएका छन् ।
आज (शुक्रबार) सामाजिक सञ्जाल फेसबुकमा पाेस्ट गर्दै उनले यस्ताे आराेप लगाएका हुन् ।
उनले जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै आसन्न चुनावमा पनि पूरै तयारीका साथ होमिनु जरुरी रहेको पनि बताएका छन् ।
प्रचण्डले लेखेका छन्, ‘प्रतिगमनकारीहरूले माओवादीलाई निसाना बनाएका छन् । जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै यो चुनावमा पनि पूरै तयारीका साथ होमिनु जरुरी छ’ ।
स्थानीय निर्वाचनको मिति नजिकिएसँगै प्रचण्डले देश दौडाहालाई तीव्रता दिएका छन् ।
आज उनी पार्टीकाे नवनिर्मित भवनकाे उद्घाटन गर्न सिन्धुली पुगेका छन् ।
स्थानीय तहको निर्वाचन आउँदो वैशाख ३० गते हुँदै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।