पल शाहलाई थप ५ दिन थुनामा राख्न तनहुँ अदालतको अनुमति

तनहुँ जिल्ला अदालतले पल शाहलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।

बलात्कारसम्बन्धी मुद्दाको अनुसन्धानका लागि थप ५  दिन थुनामा राख्न अदालतले अनुमति दिएको हो ।

तनहुँ जिल्ला प्रहरी प्रवक्ता युवराज खड्काका अनुसार म्याद थपका लागि पललाई शुक्रबार अदालतमा पेस गरिएको थियो ।

पलविरुद्ध पहिलो चरणमा सात दिन र दोस्रो चरणमा १२ दिनको म्याद थप भएको छ । जबरजस्ती करणी मुद्दामा प्रहरीले बढीमा २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ ।

एक १७ वर्षीया गायिकाले आफूमाथि बलात्कार भएको भन्दै पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा जाहेरी दिएकी थिइन् । 

यता पलमाथिको मुद्दा नवलपुर जिल्ला अदालतमा दर्ता भएको छ । 



पलविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा पलले एक नाबालिगमाथि बलात्कारको अभियोगसहित मुद्दा दायर गरेको हो । 

सरकारी वकिलको कार्यालयले १४ वर्षसम्म कैदको मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।



  • प्रकाशित मिति : चैत ४, २०७८ शुक्रबार १५:४२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया