कृषि अनुसन्धान र प्रविधि विस्तारमा २७ मिलियन युआनको परियोजना

काठमाडौं– चीनले नेपालको कृषि क्षेत्रको अनुसन्धान र प्रविधि विस्तारमा सहयोग गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चीनको तिब्बत इन्टरनेसनल इकोनोमिक एक्सचेन्ज सर्भिस सेन्टरको वाणिज्य विभागबीच कृषि क्षेत्रमा सहयोग गर्ने गरी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

बुधबार मन्त्रालयमा एक कार्यक्रमबीच कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल र राज्यमन्त्री रामकुमारी चौधरीको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नेपालको तर्फबाट योजना महाशाखा प्रमखु सहसचिव डा. योगेन्द्रकुमार कार्की र चीनको तर्फबाट विभागका प्रबन्ध निर्देशक बेन जेनले हस्ताक्षर गरे ।

नेपालको रसुवा, नुवाकोट र सिन्धुपाल्चोकमा सञ्चालन हुने परियोजनामा मुख्य गरी आलुबाली, घाँस, ब्रोइलर तथा लेयर्स कुखुरा, च्याउ, तरकारी र रेन्बो ट्राउट माछामा विभिन्न अत्याधुनिक प्रविधिको अनुसन्धान तथा विस्तार गरिने मन्त्रालयका उपसचिव शंकर सापकोटाले जानकारी दिए ।

यो परियोजना १९ डिसेम्बर २०१८ देखि १८ डिसेम्बर २०२१ सम्म सञ्चालन हुनेछ । परियोजना सञ्चालनका लागि चीन सरकारले २७ मिलियन युआन सहयोग गर्ने घोषणा गरेको छ । यो परियोजनामा नेपालका किसान र प्राविधिक कर्मचारीका लागि ६० जनालाई चीन लगेर र अन्य २४० जना किसानलाई नेपालमै तालिम दिइनेछ ।
 





  • प्रकाशित मिति : पुस ४, २०७५ बुधबार १७:३८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया