नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले जनतासामु परीक्षण भएर पूर्ण असफल भइसकेका केपी ओलीलाई अब शंकाको सुविधासमेत नभएको बताएका छन् ।
जनतालाई बाँडेका सपना र गरेको प्रतिबद्धतालाई लात हान्ने नेतृत्वले मुलुकलाई समृद्धि दिन नसक्ने बताएका छन्।
शनिबार गृहजिल्ला तनहुँको ऋषिङ–६ मा पर्ने ढुंगाडेमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता पौडेलले एमाले अध्यक्ष ओलीले जनतालाई बाँडेका सपना र गरेको प्रतिबद्धतालाई लात हानेको आरोप लगाउँदै यस्तो नेतृत्वले मुलुकलाई समृद्धि दिन नसक्ने बताए ।
‘जनतालाई सपना बाँडेर सत्तामा पुगेपछि आफैँले बाँडेका सपना र गरेका प्रतिवद्धतालाई लात हान्ने नेतृत्वले देशलाई समृद्धि दिन सक्दैन,’ ओलीप्रति लक्षित गर्दै पौडेलले भने, ‘परीक्षणका क्रममा पूर्ण असफल भएकालाई अब शंकाको सुविधा दिने स्थिति पनि छैन।’
ओली नेतृत्वको सरकारका पालामा मुलुकले केही पनि प्राप्त गर्न नसकेको दाबी गर्दै उनले भने, ‘दुईतिहाइबराबरको जनादेश पाएर पनि ओलीले ५ वर्ष सरकार चलाउन सकेनन्। जति समय चलाए त्यो अवधिमा देशले केही प्राप्त गरेन ।’
जनताले दिएको दुईतिहाइलाई अलपत्र पार्ने नेताले फेरि जनतासँग मत माग्ने काम लोकतन्त्रमा नसुहाउने नेता पौडेलको भनाइ थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।