एम्नेस्टीको रिपोर्ट भन्छ– ट्विटर महिलाका लागि ‘हरिबल’

लन्डन– मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेसनलले सामाजिक सञ्जाल ट्विटर कतिपय अवस्थामा महिलाका लागि भयानक हुने उल्लेख गरेको छ । एम्नेस्टीले ट्विटरमा सन् २०१७ भरि महिलामाथि भएका हर्यासमेन्टबारे मंगलबार रिपोर्ट सार्वजनिक गरेको हो ।

रिपोर्टअनुसार महिलाहरु भारी मात्रामा हर्यासमेन्टको सिकार हुने गरेका छन्, जसमा काला वर्णका महिला ज्यादा छन् । 

रिपोर्टले हरेक ३० सेकेन्डमा एक महिला–लक्षित ‘आपत्तिजनक’ ट्विट आउने गरेको देखाउँछ, जसमध्ये ८४ प्रतिशतमा कालो वर्णकी महिलालाई मेन्सन गरिएको हुन्छ ।

‘ट्विटर यस्तो ठाउँ बनेको छ, जहाँ जातिवाद, रंगभेद, महिलाप्रतिको द्वेष र होमोफोयिबा फस्टाउँछ,’ एम्नेस्टीको रिसर्चसम्बन्धी सिनियर एडभाइजर मिलेना मारिन बताउँछिन् । 

रिसर्चको उद्देश्य ट्विटरलाई अप्ठेरोमा पार्ने नभई दुरुपयोग रोक्न उसले प्रयोग गर्ने अल्गोरिदमबारे उसलाई अझ पारदर्शी बनाउनु रहेको एम्नेस्टीले जनाएको छ ।

एम्नेस्टीले पटकपटक ट्विटरलाई उसको प्लेटफर्ममा हुने दुव्र्यवहारका डाटा प्रकाशित गर्न भनेको छ । र, कम्पनीले यसो गर्न नसक्नाले समस्या लुकेको र प्रभावकारी समाधान खोज्न कठिन भएको औँल्याएको छ । 



एम्नेस्टीले १ सय ५० देशका ६ हजार ५ सय स्वयंसेवी सम्मिलित ‘ट्रोल पेट्रोल’ बनाएको थियो, जसले २ हजार ५ सय घन्टा खर्चेर अमेरिका र बेलायतमा बस्ने ७ सय ७८ ‘नोटेबल’ महिलालाई पठाइएका २ लाख २८ हजार ट्विटको विश्लेषण गरेको थियो । 

रिपोर्टसँगै, एउटा इन्डिपेन्डेन्ट संस्थाले स्वयंसेवकको सहायताले पत्ता लगाउन सक्ने दुव्र्यवहारका डाटा ट्विटर स्वयंले किन पत्ता लगाउन सकेन भन्नेमा प्रश्न उब्जिएको छ । हर्यासमेन्ट नियन्त्रणमा खटिने ट्विटरको म्यानपावर र रोबोटको प्रभावकारितामा पनि यसले शंका उत्पन्न गरिदिएको छ । 



हुन त ट्विटरमा हर्यासमेन्टको सवाल पहिलेदेखि नै उठ्दै आएको छ । ट्विटरमा हुने सहज प्रवेश र क्रियाकलापले हर्यासमेन्टलाई बढावा दिइरहेको सरोकारवालाहरु बताउँछन् । 

  • प्रकाशित मिति : पुस ४, २०७५ बुधबार २१:२४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया