दक्षिणी युक्रेनमा रुसी सेनाको गोलाबारीपछि कर्फ्यू घोषणा

दक्षिणी युक्रेनको जापोरिज्जियामा रुसी सेनाको गोलाबारीमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । गोलाबारीमा १७ जना घाइते भएका त्यहाँका उपमेयरले जनाएका छन् । 

गोलाबारीपछि जापोरिज्जियामा ३८ घण्टा कर्फ्यू घोषणा गरिएको छ । सो क्षेत्रमा मोटार्स, ट्यांक, हेलिकोप्टर, रकेटमार्फत रुसी सेनाले हमला गरेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिलम्ब नगरी अर्थपूर्ण वार्ता गर्न आह्वान गर्न गरिरहेका बेला रुसी सेनाले तीव्र हमला गरिरहेको हो । २४ फेब्रुअरीदेखि भएको रुसी हमलामा सयौँ मारिएका छन् ।

त्यस्तै, २५ लाख मानिस विस्थापित भएका छन् । यसैबीच, रुसी सेना युक्रेनको हमलामा परेको मारिओपोलमा ८० प्रतिशत संरचना ध्वस्त भएका छन् ।

सो शहरमा अहिले पनि लडाइँ भइरहेको छ । शहरमा युद्धको असर नदेखिने एउटा पनि ठाउँ नरहेको बीबीसीले जनाएको छ ।  





  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार ६:४८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया