प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न प्रचण्ड पाेखरा प्रस्थान

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गण्डकी प्रदेशको राजधानी पोखरा गएका छन् । 

पार्टीको गण्डकी प्रदेश कमिटीले आज आयोजना गर्ने प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न प्रचण्ड पोखरा गएका हुन् । 

प्रमुख स्वकीय सचिव रमेश मल्लले अध्यक्ष प्रचण्डले पार्टीका नेताहरूलाई स्थानीय निर्वाचनको तयारीबारे निर्देशन दिने बताए । 

प्रचण्डसँगै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि पोखरा गएका छन् । 

प्रचण्ड अस्ति सिन्धुलीमाढी गएका थिए । फागुनको तेस्रो साता केन्द्रीय कमिटी बैठक बसेपछि अध्यक्ष प्रचण्ड देशव्यापी प्रदेशस्तरीय प्रशिक्षणमा व्यस्त छन् ।





  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार ८:५०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया