हुम्लाको नाम्खा गाउँपालिकाका स्थानीयले निर्वाचनअघि नै वडाध्यक्ष र सदस्य छानेका छन् । जाङ, हल्जी र तिल गाउँका बासिन्दाको भेलाले वडाध्यक्ष र सदस्य छानेका हुन् ।
वडाध्यक्षमा फेरि पनि नेपाली कांग्रेसका पाल्जोर तामाङ नै दोहोरिएका छन् । गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङ (लामा) का अनुसार सदस्यहरूमा जाङकी पुटी तामाङ, हल्जीकी छिरिङ टुङडुप र तिलका टुङडुप लामा चयन भएका छन् ।
अब औपचारिकता पूरा गर्नका लागि आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उनीहरूको मात्रै मनोनयन दर्ता हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।