महिलाहरु आफ्नो शरीरलाई किन घृणा गर्छन् ?

म १३ वर्षकी मात्र भएकी थिएँ, मेरो शरीरमा महिलाका गुणहरु विकसित हुँदै गयो । उचाई पनि ५ फिट ६ इन्च भयो । मेरो शरीरको विकासले मेरी आमा निकै चिन्तित बनिन् । उनलाई मेरो शरीरको विकासले अचम्मित बनाएको थियो । आमाकाे चिन्ताले मलाई झनै बढी लज्जित बनाउथ्यो । मलाई मेरो शरीर तिव्र रुपमा बढ्नु मेरो नै गल्ति हाे कि जस्तो पनि लाग्थ्यो । मेराे बढेकाे शरीर देखेर मेरी आमालाई अब के गर्ने भन्ने निकै छटपटि भयो । आमाले आफूले लगाउने गरेको ब्रा मलाई लगाउन दिनुभयो । चार बच्चाकी आमाको ब्रा १३ वर्षकी किशाेरीलाई कसरी मिल्थ्यो र ?

फरीदालाई यो प्रश्नले ३० वर्षदेखि सताई रहेको छ । अहिले फरीदा ४२ वर्षकी भईन् । तर पनि उनलाई उक्त दिनको कुरा आजपनि झलझलि याद आउँछ । उक्त कुरा सम्झँदा कहिले कहीँ रिस पनि उठ्छ ।

दीपा नारायणले आफ्नो नयाँ पुस्तक ‘चुपः ब्रेकिङ्ग द साइलेन्स अबाउट इन्डियन वुमन’ मा फरीदाको यो कथा लेखेकी छन् । फरीदाले आफ्नो शरीरलाई घृणा गर्नुमा कहीँ न कहीँ उनको आमाको भूमिका पनि छ । उक्त किताबमा दीपाले ६ सय महिला, पुरुषको तथा बच्चाको जीन्दगीको कहानी लेखेकी छिन् ।

उक्त पुस्तककी एक पात्र हुन् रानी । रानी २५ वर्षकी भइन् । उनी १३ औँ जन्मदिन मनाउने तयारी गर्दै थिइन् । उनी भन्छीन्,-'म आफ्ना साथिहरुलाई निम्ता गरेर घर फर्किएको थिएँ । घरको सिँढी चढ्दै गर्दा एकजना मानिस त्यही सिँढी ओर्लदै गरेको देखेँ । मैले साइड लागेर उसलाई जान दिन चाहेकी थिएँ तर उसले मलाई यस्तरी धक्का दियो कि, मेरो टाउको भित्तामा ठोक्कियो र म बेहोस भएँ । त्यसपछि के भयो मलाई थाहा छैन । उनी भन्छिन् जब मलाई होस आयो त्यतिबेला सबैको आखाँमा एउटै प्रश्न थियो । के मेरो कुमारीत्व अझैपनि बाँकि छ त ? त्यहाँ मेरो बारेमा भन्दा पनि मलाई त्यो मानिसले केही त गरेन भन्ने चिन्ता धेरै थियो । रानीको भावनालाई दीपाले लेख्छिन् यस्तो अवस्थामा महिलाहरु आफूलाई घृणा गर्नु स्वभाविक हो ।

दीपाले आफ्नो किताबमा ९८ प्रतिशत महिला आफ्नो जीन्दगीमा कहीँ न कही कुनै न कुनै तरिकाले यौन शोषणमा परेको दाबी गरेकी छन् । उनीहरुमध्ये ९५ प्रतिशतले यस्तो घटना परिवारलाई पनि भनेका हुँदैनन् ।

यस्तै एउटा घटना छ । बैङ्लोरको एक कार्यक्रममा १८ देखि ३० वर्षका महिलाहरु उपस्थित थिए । त्यहाँ आजसम्म महिला हिंसा भएको जतिलाई उभिन भनियो । उपस्थित सबैजना उभिए । उनी भन्छिन्,– ‘स्कूल मन्दिरदेखि घरसम्म जहाँपनि महिलाले आफुमाथि भएको घटनाको बारेमा उनलाई भनेका छन् ।’



तर, आफ्नै शरीरमाथि महिलाले कसरी घृणा गर्छन् ?

दीपाका अनुसार युवतीहरुलाई बच्चादेखि नै यस्तै कुराको तालिम दिइएको हुन्छ ।



‘तँ केटी होस्, राम्रोसँग बस’ ‘बाटोमा छाती तन्काएर नहिँड’ ‘यस्तो टाइट कपडा किन लगाएको’ केही नसोचि धेरै घरका ठुला मानिसहरु पनि यसो भन्छन् । दीपा भन्छिन् तत्कालै यस्तो कुराहरुले कुनै प्रभाव नपारेपनि जीन्दगीभर यस्ता कुराहरु विर्सन सकिँदैन । दीपाको उक्त पुस्तकमा यस्तो धेरै कहानिहरु छन्, जसले यस्ता कुरालाई जीन्दगीभरी सहेका छन् ।

यस्तै एक पात्र हुन् तमन्ना । उनी नयाँ जमानाकी युवती हुन् । उनी छोटा कपडा लगाउन मन पराउँछिन् । तर, केटाहरुले जिस्काएपछि उनले लामो कपडा लगाएर नै डान्स क्लास जाने फैसला गरिन् ।

उनको यो फैसलाको पहिलो बिरोध शिलाले गरिन् । शिला तिनै थिईन जसले तमन्नाको सफाईको काम गर्थिन् । बिरोध गर्नुको कारण बताउँदै शिलाले आफूमाथि भएको घटना सुनाउन सुरु गरिन् ।

म अटोमा श्रीमानसँग कतै जाँदै थिएँ । बाटोमा प्रहरीले अटोको कागज हेर्न रोक्यो । प्रहरीले मेरो बक्षस्थलामा बेस्सरी समात्यो, तर म चुप बसेँ । मलाई डर थियो प्रहरीले मेरो श्रीमानलाई विना कारण नथुनोस् ।

शिलाले फेरी भनिन्, ‘मैले त्यतिबेला साडी लगाएकी थिएँ, मलाई त महिलाको शरीरमा नै समस्याको पहाड छ भन्ने लाग्छ ।’

भारतीय महिलाहरु आफ्नो लागि बाँच्दैनन् । दीपाले अगाडि भन्छिन्,– ‘भारतीय महिला एक नाताको नाम हो । कसैको लागि आमा, कसैको लागि छोरी, कसैको लागि श्रीमती अनि कसैको लागि भाउजु ।

  • प्रकाशित मिति : पुस ५, २०७५ बिहीबार ६:५६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया