रुसी सेनाले मारिओपोलका हजारौं बासिन्दाहरूलाई रुसमा स्थानान्तरण गर्न बाध्य पारेको विवरण सार्वजनिक भएका छन् ।
सिटी काउन्सिलले एउटा विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।
विज्ञप्तिमा काउन्सिलले भनेको छ, ‘आक्रमणकारीहरूले मानिसहरूलाई युक्रेन छाडेर रुसी भूमि जान बाध्य पारेका छन् ।’
रुसी सेनाले गैरकानुनी ढंगले लेभोबेरेजनी जिल्लाबाट मानिसहरूलाई बाहिर निकालेर खेलकुद क्लबलगायतका स्थानमा भेला गरेको छ ।
निरन्तरको गोलाबारी र बम हमलाबाट बच्न १ हजारभन्दा बढी मानिस (अधिकांश महिला र बालबालिका) क्लबमा आश्रय लिएका छन् ।
कुल ६ हजार ६२३ जनालाई विभिन्न सहरहरूबाट खाली गरिएको उपप्रधानमन्त्री इरयाना भेरिस्चुकले बताए । तीमध्ये ४ हजार १२८ जना मारिओपोलका छन्, जसलाई उत्तरपश्चिमबाट जापोरिज्जिया पठाइएको छ ।
शनिबार युक्रेनको घेराबन्दी गरिएका सहरमा रहेका १० ओटा मानवीय कोरिडोरमध्ये ८ वटाबाट मानिसहरूको उद्धार गरिएको थियो ।
रुसी फौज मारिओपोलतर्फ अगाडि बढ्दा एउटा मुख्य स्टिल भट्टी बन्द भएको थियो । मारिओपोलको पतनले युद्ध मैदानमा रुसीका लागि एउटा महत्वपूर्ण प्रगति हुन सक्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।