कर्नाटकका विद्यालयमा पुनीतको जीवनी पढाइने

भारतकाे कर्नाटक प्रदेशका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले अब कन्नड सुपरस्टार पुनीत राजकुमारको जीवनीलाई पढ्न पाउने भएका छन् । 

कर्नाटक सरकारले स्थानीय विद्यालयको पाठ्यक्रममा पुनीतको जीवनीलाई समेट्ने तयारी गरेको हाे ।

कैयौं संगठन र व्यक्तिले बेंगलुरु महानगरपालिका (बिबिएमपी) शिक्षा विभागलाई पत्र लेखेर सरकारसँग चार या पाँच कक्षाका विद्यार्थीको पाठ्यपुस्तकमा पुनीतको जीवनबारे एक अध्याय राख्न माग गरेका थिए । 

जसमाथि शिक्षामन्त्री बिसी नागेशले सरकारले यो विषयमा विचार विमर्श गरिरहेको बताएका छन् । 

सरकारले बालबालिकालाई परोपकारी गतिविधिमा प्रोत्साहन गर्न पुनीतलाई प्रमुख पात्र बनाई पाठ्यक्रममा समावेश गर्न लागेको जनाएको छ ।

सन् २०१९ मा उत्तरी कर्नाटकमा बाढीको प्रकोप थियो । त्यो समय अभिनेता पुनीत बीएस येरियुरप्पाको सहयोगका लागि अगाडि आएका थिए ।



नले तत्कालीन समयमा कर्नाटकको मुख्यमन्त्री सहायता कोषमा पाँच लाख रुपैयाँ सहयोग गरेका थिए । 

यसबाहेक उनले २६ अनाथ आश्रम र १६ वृद्धाश्रमसँगै १९ गौशाला सञ्चालनमा पनि सहयोग गरेका थिए । पुनीत कैयौं कन्नडभाषी स्कुल चलाउनमा पनि सहयोग गर्थे ।



आमासँग मिलेर आश्रम चलाउँथे

पुनीत आमासँग मिलेर मैसूरमा शक्तिधाम नामको आश्रम पनि चलाउँथे । यो आश्रमका माध्यमबाट उनी हजारौं युवतीहरूलाई अध्ययनका लागि स्रोतसाधनको व्यवस्था गर्थे । यो एक च्यारिटेबल संस्था हो । 

यो संस्थाले बलात्कार पीडितहरूलाई सहयोगसँगै मानव तस्करीविरुद्ध अभियान, वेश्यावृत्तिविरुद्ध काम पनि गर्दै आएको छ ।

पुनीतको गत वर्षको २९ अक्टोबरमा हृदयाघातका कारण निधन भएको थियो । उनको परिवारमा पत्नी अश्विनी र दुई छोरी छन् । 

  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार १३:१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया