१५ हजार रुसी सैनिकसहित २ सय विमान ध्वस्त पारेको युक्रेनको दाबी

युक्रेनले करिब १५ हजार रुसी सैनिक मरिएको दाबी गरिएको छ । 

युक्रेनका सैन्य अधिकारीहरूले आफूहरूको सेनाले १४ हजार ७ सय रुसी सैनिकलाई मारेको दाबी गरेका हुन् । 

युक्रेनमाथि रुसले आक्रमण थालेको २५ दिन भएको छ । 

युक्रेनी शहर मारियुपोल, जपोरजिया र राजधानी किभमा भीषण संघर्ष जारी रहेको बिबिसीले जनाएको छ । 

युक्रेनका सेनाप्रमुखका स्टाफको तर्फबाट गरिएको एक फेसबुक अपडेटमा अधिकारीहरूलाई उद्धृत गर्दै १४ हजार ७ सय सैनिक मारिएको बताइएको छ । 

यसक्रममा रुसी सेनाका सरसामान पनि नष्ट भएको जनाइएको छ । जसमा ४७६ ट्यांक २ सयभन्दा धेरै लडाकु विमान, हेलिकप्टर र ड्रोनका साथै १ हजार ४८७ सवारी साधन रहेको दाबी युक्रेनको छ । 





  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार १९:११:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया