निर्वाचन आचारसंहिताको प्रावधानविरुद्ध सर्वोच्चमा जनप्रतिनिधिको रिट !
फाइल तस्वीर

निर्वाचन आयोगले राजपत्रमा प्रकाशित गरेको आचारसंहिताका प्रावधानलाई लिएर जनप्रतिनिधि सर्वोच्च अदालत पुगेका छन् ।

जनप्रतिनिधिले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनुअघि कायम पदबाट राजीनामा दिनुपर्ने आचारसंहिताको प्रावधानविरुद्ध जनप्रतिनिधि अदालत पुगेका हुन् ।

आचारसंहिताले आफ्नो संवैधानिक हकमाथि प्रहार गरेको भन्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष नीमा ग्याल्जेन शेर्पाले सर्वोच्चमा रिट निवेदन पेस गरेका हुन् ।

निर्वाचनमा उम्मेदवारी दिने आफूहरूको अधिकार कुण्ठित हुने भएकाले कानुनी उपचार खोजेको अध्यक्ष शेर्पाको भनाइ । यद्यपि कागजात नपुगेकाले उनको रिट निवेदन दर्ता भने भएको छैन ।

आचारसंहिताको दफा ३६ मा स्थानीय तहका जनप्रतिनिधिले पुनः उम्मेदवारी दिनुपरेमा हाल रहेको पदबाट राजीनामा दिनुपर्ने उल्लेख छ । निर्वाचन आचारसंहिताका उक्त प्रावधानलाई लिएर जनप्रतिनिधिहरूले विरोध जनाइरहेका छन् ।





  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार २१:५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया