नेपाली फुटबल टोली आज थाइल्याण्ड जाँदै

मैत्रीपूर्ण खेलका लागि आज नेपाली टोली थाइल्याण्ड प्रस्थान गर्दैछ । टोली मध्यान्ह १२ बजेको फ्लाइटमार्फत थाइल्याण्ड प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । 

नेपालले थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले थाइल्याण्डको राष्ट्रिय टोलीसँग २४ मार्चमा तथा स्थानीय क्लब चोनबरी एफसीसँग २७ मार्चमा मैत्रीपूर्ण खेल खेल्नेछ । दुवै खेल चोनबरीमा हुनेछ ।

एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्याण्डमा मैत्रिपूर्ण खेल खेल्न लागेको हो । छनोटको समूह ‘ए’मा नेपाल, कुवेत, इन्डोनेसिया र जोर्डन छन् । नेपालको समूहको छनोट खेल कुवेतमा हुनेछ । एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको हो ।

हरेक समूहका शीर्ष टोली र उत्कृष्ट दोस्रो हुनेमध्ये ५ टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।

नेपालले ८ जुनमा जोर्डनसँग खेल्दै छनोटको सुरुवात गर्नेछ । दोस्रो खेलमा नेपालले ११ जुनमा कुवेतको सामना गर्दा तेस्रो तथा अन्तिम खेल १४ जुनमा इन्डोनेसियासँग खेल्नेछ । 





  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार १०:३६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया