परराष्ट्र मन्त्रालयले चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीको नेपाल भ्रमणको मिति घोषणा गरेको छ ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञिप्ति जारी गर्दै उनले चैत ११ देखि १३ गतेसम्म नेपालको भ्रमण गर्ने जनाएको हो ।
‘परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले चैत ११ देखि १३ गतेसम्म नेपालको भ्रमण गर्नुहुनेछ’, परराष्ट्रले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
नेपाल भ्रमणका बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।
दुवै देशका विदेशमन्त्रीको उपस्थितिमा चैत १२ गते काठमाडौंमा नेपाल-चीन उच्चस्तरीय द्विपक्षीय वार्ता हुने परराष्ट्रले जनाएको छ ।
नेपाल भ्रमणमा रहँदा चिनियाँ विदेशमन्त्रीले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्ने जनाइएकाे छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।