दिल्ली-दोहा कतार एयरवेजको विमान कराँचीमा आपतकालीन अवतरण

कतारको दोहाका लागि उडेको कतार एयरवेजको जहाज सोमबार पाकिस्तानको कराँचीमा आकस्मिक अवतरण गरिएको छ।

भारतीय मिडियाका अनुसार जहाज आज बिहान स्थानीय समय अनुसार ३:४० मा दिल्लीबाट उडेको थियो । 

दिल्लीबाट उडेकाे सवा एक घन्टामै जहाज कराँचीमा आकस्मिक अवतरण गरिएकाे हाे । 

जहाजको कार्गो होल्डमा धुँवा निस्किएपछि जहाज कराँचीमा आकस्मिक अवतरण गर्नुपरेकाे कतार एयरवेजले जनाएकाे छ ।

कतार एयरवेजका अनुसार सबै यात्रु सकुशल छन् । घटनाकाे बारेमा अनुसन्धान भइरहेकाे छ । 





  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार १६:३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया