कांग्रेसमा पौडेलको प्रस्तावः १४ महिनापछि महाधिवेशन गरौँ

काठमाडौं– नेपाली कांग्रेसको महासमिति बैठक चलिरहँदा वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७६ को फागुन ७ मा १४औँ महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । 

उज्यालो भविष्यका लागि समयबद्ध काम गर्न भन्दै गर्दै पौडेलले बुधबारको महासमितिको बैठकमा कार्यतालिका पेस गरेका छन् । उनले २०७६ फागुन ७ मा १४औँ महाधिवेशनको उद्घाटन हुने गरी कार्यक्रमको तालिका सार्वजनिक गरेका हुन् ।

नेता पौडेलको प्रस्तावित कार्यतालिकामा २०७५ पुस १६ देखि २०७६ आषाढ मसान्तसम्म राष्ट्रव्यापी जागरण अभियान, पदयात्रा, गाउँगाउँ र टोलटोलमा वैचारिक र सांगठनिक प्रशिक्षणसहित ‘सदस्यता वितरण अभियान’ चलाउने, २०७६ आश्विन मसान्तसम्म ‘क्रियाशील सदस्यता वितरण र नविकरण’ सँगसँगै प्रशिक्षण कार्यक्रम गर्न, २०७६ मंसिर मसान्तसम्म टोल, मतदान केन्द्र, वडा रगाउँपालिका, नगर र उपमहानगर र महानगरपालिका अधिवेशन सम्पन्न गर्ने, २०७६ पौष मसान्तसम्म प्रदेश निर्वाचन क्षेत्र रप्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गर्ने उल्लेख छ । 

त्यसैगरी, २०७६ माघ १६ प्रदेश अधिवेशन सम्पन्न गर्ने, २०७६ फागुन ७ मा केन्द्रीय महाधिवेशन उद्घाटन गर्ने, २०७६ चैतबाट २०७७ असोज मसान्तसम्म नवनिर्वाचित सबै तहका समितिको वैचारिक तथा संगठनात्मक प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्ने र देशव्यापी प्रशिक्षण कार्यक्रम चलाउने, २०७७ चैत मसान्तसम्म जनसरोकारका कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने, २०७८ वैशाखबाट निर्वाचनमुखी कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

पौडेलले महासमितिको बैठकपश्चात् पार्टी संगठनलाई सृदृढ र गतिशील बनाउने अभियान सञ्चालन गर्दै कम्युनिस्ट सत्ताको मनपरितन्त्रको विरोध गर्नुपर्ने उल्लेख गरिएको छ।

कांग्रेस नेता तथा कार्यकर्ताको आचरण लोकतान्त्रिक संस्कार र संस्कृतिअनुसारको सुझाब राख्दै पौडेलले मधेस र कांग्रेसको घनिष्टता बढाउन मधेसकेन्द्रित अभियान सञ्चालन गर्न आग्रह गरेका छन् । 





  • प्रकाशित मिति : पुस ५, २०७५ बिहीबार १४:३८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया