बेलायती प्रधानमन्त्रीले युक्रेन भ्रमण गर्ने
फरकधार / ७ चैत, २०७८
यो सामग्री सेयर गर्नुहोस्

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको भ्रमण गर्ने भएका छन् । रुसी हमलाको चपेटामा परेको युक्रेनको समर्थन जनाउन प्रधानमन्त्री जोनसनले युक्रेन भ्रमण गर्न लागेका हुन् ।



भेटमा उनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गर्नेछन् । युक्रेनको राजधानी किभको यात्राको व्यावहारिकता र जोखिम जाँच गर्न उनले अधिकारीहरुलाई अनुरोध गरेका छन् ।



उनले युक्रेन भ्रमण गर्ने समयतालिका भने सार्वजनिक गरिएको छैन । गत फेब्रुअरी २४ देखि रुसले आक्रमण थालेयता किभमा नियमितजसो गोलाबारी र हवाई आक्रमण हुँदै आएका बेला जोनसनले युक्रेनको भ्रमण गर्न लागेको समाचार आएको हो ।



सुरक्षा अधिकारीहरूले प्रधानमन्त्रीको युद्धक्षेत्रमा यात्रा गर्ने सम्भावनालाई ‘निकै डरलाग्दो’ भएको बताएका छन् । सुरक्षाको अनुभूति भए जोनसनले भ्रमण गर्न सक्ने विवरणमा जनाइएको छ ।



पोल्याण्ड, स्लोभिनिया र चेक गणतन्त्रका प्रधानमन्त्री केही दिनअघि मात्रै रेलमार्गको यात्राबाट किभ पुगेका थिए ।





  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार १८:३४:४३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया