आइसिसी विश्कप लिग–२ः युएईसँग नेपालको फराकिलो हार

आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत आज सम्पन्न खेलमा नेपाल पराजित भएको छ । नेपालले घरेलु टोली युएईसँग ९९ रनको फराकिलो हार बेहोरेको हो ।

२०३ रनको लक्ष्य पछ्याएको नेपालले ३५.१ओभर सबै विकेट गुमाउँदै १०३ रन मात्र बनाउन सक्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रनको योगदान दिए । ६५ बलको सामना गरेका उनले २ चौका प्रहार गरे ।

आरिफ शेख र सोमपाल कामीले १५–१५ तथा विनोद भण्डारीले १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्  ।

युएईका लागिद जुनैद सिद्दिकीले ४, कासिफ दाउद र अहमद राजाले २–२ तथा बसिल हमिदले १ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०२ रन बनाएको थियो ।

युएईका लागि रोहन मुस्ताफाले सर्वाधिक ६० रनको योगदान दिए । ७३ बलको सामना गरेका उनले २ चौका र १ छक्का प्रहार गरे ।



मोहम्मद वसिमले ३३ र चिराग सुरीले २६ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले ३, सोमपाल कामी र करण केसी २–२ तथा दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले १–१ विकेट लिए ।
 
यो जितसँगै १८ खेलमा २२ अंक जोडेको युएई दोस्रो तथा ११ खेलमा १० अंकका साथ नेपाल छैटौँ स्थानमा यथावत् छन्  ।



  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार १८:४९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया