लोसपा पनि सरकारमा सहभागी हुनसक्ने तर महन्थ ठाकुर भन्छन्– निर्णय भइसकेको छैन

सत्तारुढ गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि समावेश हुने सम्भावना बढेको छ । पछिल्ला दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई सरकारमा सहभागी हुन अनुरोध गरेका छन् ।

तर, आफ्नो पार्टीमा यसबारे कुनै निर्णय नभएको लोसपा अध्यक्ष महन्थ ठाकुरले बताएका छन् ।

उनले अहिले सरकारमा जाने विषयमा आफ्नो पार्टीमा कुनै सल्लाह नै नभएको भन्दै आफ्ना मागहरु यो सरकारले पूरा गरेको खण्डमा यसबारे सोच्न सकिने पनि बताएका छन् ।

आफूहरुले उठाएकाक नागरिकतासम्बन्धी मुद्दा, मधेश आन्दोलनको क्रममा लगाइएका झुठा मुद्दाको विषयमा छिटो सरकारले निर्णय गर्नु पर्ने पनि माग गरेका छन् । उनले यी विषयमा सरकारले सकारात्मक भएर आफ्ना माग पूरा भएको खण्डमा आफूहरु सरकारमा सहभागी हुने बताएका छन् ।





  • प्रकाशित मिति : चैत ८, २०७८ मंगलबार ११:५९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया