एजेन्सी– काठमाडौं । चीनको सिनजियाङकी एक युवतीले गाएको हिन्दी गीत चिनियाँ सोसल मिडियामा भाइरल भइरहेको छ । भिडियोमा युवतीले आमिर खानको फिल्म ‘सिक्रेट सुपरस्टार’को ‘नचदी फिरा’ बोलको गीत गाइरहेकी छिन् ।
चिनियाँ युवतीले आमिर खानकै सामु गाइरहेकी छिन् । आमिर खान अहिले आफ्नो फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को प्रमोसनको लागि चीनमा छन् ।
अडियन्सको सिटमा बसिरहेकी ती युवतीको गीत सुनिसकेपछि आमिर खानले उनको तारिफ गरेर भने, ‘यो गीत गाउन धेरै कठिन छ तर तिमीले निकै राम्रो गायौ ।’
आमिरको प्रतिक्रियापछि युवतीले सिनजियाङ क्षेत्रको सांस्कृतिक पहिचानसँग जोडिएको टोपी उपहारस्वरूप आमिरलाई दिन्छिन् ।
यो भिडियो सियान सहरको सिडियन युनिभर्सिटीमा १८ डिसेम्बरमा खिचिएको थियो । त्यो वेलादेखि अहिलेसम्म यो भिडियो करिब ७० हजारले हेरिसकेका छन् ।
उक्त भिडियो करिब एक हजार पाँच सयभन्दा बढीले सेयर गरिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।