छिट्टै जलस्रोत ऐनको मस्यौदालाई संसदमा पेस गर्नेछौं : मन्त्री भुसाल

सरकारले जलस्रोत ऐनको मस्यौदालाई संसदमा पेस गर्ने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय जलस्रोत नीति–२०७७ लाई कार्यान्वयन गर्नका लागि आवश्यक कानुन बनाउन सो मस्यौदालाई अन्तिम रूप दिएर संसदमा पेस गर्ने तयारी गरिएको जानकारी दिएकी हुन् ।

अब छिट्टै सो मस्यौदालाई क्याबिनेटमा पेस गरी संसदमा दर्ता गर्ने मन्त्री भुसालको योजना छ । उनले जलस्रोत क्षेत्रको अपेक्षित उपलब्धिको रूपमा दर्ज गरिएको एकीकृत नदी बेसिन योजना पनि सम्पन्न हुने क्रममा रहेको बताइन् । 

विश्व पानी दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकार जल संरक्षण र सम्वर्द्धनमा पर्याप्त सचेत रहेको पनि बताइन् । भूमिगत जलश्रोतको संरक्षण हुने गरी तय गरिएको नीति र कार्यक्रमको कार्यान्वयन गर्न जोड दिनुपर्ने आवश्यक्ता औंल्याउँदै उनले त्यसका लागि आम नागरिकहरूको सचेतनामा समेत ख्याल पुर्‍याउनुपर्ने बताइन् । 

‘राष्ट्रिय जलस्रोत नीति–२०७७ जारी भइसकेको छ । यस नीतिलाई कानुनमा रूपान्तरण गरी जलस्रोत ऐनको मस्यौदा समेत तयार भइसकेको अवस्था छ । अब हामी अन्तिम अवस्थामा छौं, छलफल गर्दैछौँ । यसलाई अन्तिम रूप दिएपछि क्याबिनेट हुँदै संसदमा दर्ता गर्नेछौं । यसको साथै जल तथा ऊर्जा आयोगबाट एकीकृत नदी बेसिन योजनासमेत सम्पन्न हुने क्रममा छ,’ मन्त्री भुसालले भनिन् । 

उनले पिउने पानीका लागि संघर्ष गर्नुपर्ने अवस्था आउने भन्दै सचेत रहनुपर्ने पनि बताइन् । 





  • प्रकाशित मिति : चैत ८, २०७८ मंगलबार १३:२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया