प्रधानमन्त्रीले हाम्रो मागमा लचकता अपनाउने प्रतिवद्धता नजनाएसम्म सरकारमा जाँदैनौं : महन्त ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले तत्काल सरकारमा जाने विषयमा पार्टीमा कुनै निर्णय नभएको बताएका छन् ।

लोसपा सरकारमा सहभागी हुन लागेको चर्चाकाबीच अध्यक्ष ठाकुरले अहिले सरकारमा जाने विषयमा आफूहरूले कुनै प्रकारको निर्णय नगरेको बताएका हुन् । 

लोकतान्त्रिक समाजवादी पार्टीको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई आज उद्घाटन गर्दै उनले वर्तमान सरकार आफूहरूको माग सम्बोधन गर्ने विषयमा लचकता अपनाउने प्रतिवद्धता व्यक्त नगरेसम्म सरकारमा सामेल हुने कुनै छाँटकाँट नरहेको बताए । 

ठाकुरले वर्तमान सरकारसँग नागरिकता सम्बन्धी मुद्दा, मधेश आन्दोलनको क्रममा लगाइएका झुठा मुद्दाहरूलगायतको विषयमा छलफल चलिरहेको पनि बताए ।

उनले नागरिकता सम्बन्धी मुद्दा समाधान गर्नका लागि कानूनी जटिलता, मधेश आन्दोलनको क्रममा लगाइएका झुठा मुद्दा हटाउने विषयमा सरकारले गम्भिरता देखाए मात्रै सरकारमा सहभागी हुने विषयमा विचार गर्न सकिने बताए ।





  • प्रकाशित मिति : चैत ८, २०७८ मंगलबार १३:४०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया