केपी ओलीमा देखेको ‘इनर्जी’का कारण एमाले प्रवेश गरेको हुँ : करिश्मा

अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गरेकी छिन् । राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले मानन्धरलाई पार्टी प्रवेश गराएका हुन् । 

मानन्धरले पार्टी प्रवेश गर्दै उनले पहिलो कुरा एमाले अध्यक्ष केपी शर्मा ओली भएकै कारणले आफू पार्टीमा प्रवेश गरेको बताइन् । ओलीमा देखिएको इनर्जी देखेर आफू प्रभावित भएको बताइन् । 

‘आजबाट नेकपा एमालेमा रहेर राजनीतिमा अघि बढ्ने अठोट गरेको छु । त्यो मुलुकको परिवर्तन र समृद्धिको लागि काम गर्ने सोच लिएर यहाँ उभिएको छु’ करिश्माले भनिन । 

उनले एमाले नै किन रोजेको भन्ने प्रश्नको जवाफस्वरूप भनिन्, ‘नेकपा एमाले नै किन भन्ने प्रश्न आउन सक्छ । अघि बढ्न अरु दलहरु पनि छन किन एमाले ? भन्ने प्रश्नहरु छन् । पहिलो, अध्यक्ष ओली । नेता भनेको जनताको अगुवा हो । जनताको भविष्य सुनिश्चित गर्ने पात्र हो । त्यो म केपी ओलीजीमा पाउँछु । उहाँको इनर्जी देखेर म ताजुप नै भएको छु । म नेपालको अरु ठाउँमा जाँदा पनि उहाँको इनर्जीको गुणगान गाएको सुन्छु ।’

करिश्माले पार्टी प्रवेश गर्दै अघि भनिन, ‘आफूलाई पछाडि फर्केर हेर्दा आफूले गरेको दुःख, संघर्ष गरेको छु । फर्केर हेर्दा त्यो भन्दा अघि बढ्ने कुनै ठाउँ छैन त भन्ने प्रश्न मेरो मनमा रह्यो । राष्ट्रिय अन्तर्राष्ट्रिय दाजुभाइहरूको सद्भाव र हौसलाले मैले केही गर्नुपर्छ भन्ने लागिरह्यो । पछिल्लो समय मेरो गतिविधि हेर्दा अनौठो पनि लाग्छ होला ।’

एमाले प्रतिपक्षमा रहेको भएपनि अहिले पनि पहिलो पार्टी भएको उनले बताइन ।
 





  • प्रकाशित मिति : चैत ८, २०७८ मंगलबार १४:१८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया