तस्वीरमा हेर्नुहोस् प्रेमबहादुर सिंह र करिश्माको एमाले प्रवेश

अभिनेत्री करिश्मा मानन्धर र पूर्वमन्त्री प्रेमबहादुर सिंह मंगलबार एमालेमा प्रवेश गरेका छन् । राजधानीको एक ब्याङ्क्वेटमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले खादा र महासचिव शंकर पोखरेलले टीका लगाएर करिश्मा र सिंहलाई एमालेमा स्वागत गरेका थिए ।

करिश्मा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालमा सक्रिय भए पनि पछिल्लो समय उनी राजनीतिमा निष्क्रिय थिइन् । उनी केही समयअघि एमाले अध्यक्षलाई भेट्न बालकोट पुगेदेखि नै एमालेमा प्रवेशको चर्चा थिए ।

पूर्वमन्त्री सिंहले समाजवादी जनता पार्टीका अन्य पदाधिकारी तथा नेताहरूलाई पनि एमालेमा भित्र्याएका छन् ।

 





  • प्रकाशित मिति : चैत ८, २०७८ मंगलबार १४:३६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया