मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले खानेपानीको महसुल नतिरेको खुलेको छ ।
मुख्यमन्त्री राउतका पिता दशरथको नाममा खानेपानीको १ लाख ६३ हजार २१६ रुपैयाँ ९५ पैसा बक्यौता रहेको खानेपानी संस्थान वीरगञ्ज शाखाका प्रमुख इन्जिनियर निरण महर्जनले बताए ।
पटक–पटक ताकेता गर्दा पनि बिल नतिरेपछि संस्थान वीरगञ्ज शाखाले उनको धाराको लाइन काटेको हो ।
उनको नाममा खानेपानीका धारा ग्राहक संख्या ६७७७ आइडी नम्बर ४७० र एरिया नम्बर क, ८, १३ रहेको छ । धाराको पानी महसुल १ लाख ८ हजार ८११ रुपैयाँ ३० पैसा छन् । तर समयमा बिल नतिर्दा ५४ हजार ४०५ रुपैयाँ ६५ पैसा जरिवानासमेत जोडिएको छ ।
इन्जिनियर महर्जनका अनुसार पटक–पटक बक्यौताको लागि जानकारी र कालो सूचीको सार्वजनिक सूचना निकाल्दा पनि बक्यौता नतिरेकाले फागुन २० गतेको निर्णयअनुसार लाइन काटिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।