मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच शिष्टाचार भेटघाट भएको छ ।
मधेस भवनस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुवैजनाबीच भेटघाट भएको हो ।
राजदूत पोलिट र मुख्यमन्त्री राउतबीचको भेटघाटको क्रममा बेलायत सरकारको सहयोगमा मधेस प्रदेशमा जारी योजना र आगामी रणनीतिबारे छलफल भएको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।