पूर्वगर्भनर तिलक रावलसहित तीनविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोलिमार नोट छपाईमा भ्रष्टाचार गरेको आरोपमा पूर्वगर्भनर तिलक रावलसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

पूर्वगभर्नर रावल, राष्ट्र बैंकका तत्कालीन नोट विभागका प्रमुख उपेन्द्रकेशरी पौडेल र स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडेविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
  
रावल गर्भनर भएका वेला राष्ट्र बैंकले अस्ट्रेलियन कम्पनीसँग मिलेर ५ करोड थान १० रुपैयाँका नोट छपाइ गरेको थियो । उनीहरू तीनैजनाविरुद्ध प्रतिव्यक्ति ९१ लाख नौ हजार आठ सय ८९ बिगो दाबी गरिएको छ । 

रावल पूर्वसभासद् हुन् । स‌ंविधानसभाकाे दाेस्राे निर्वाचनपछि उनी मधेशी जनअधिकार फाेरम लाेकतान्त्रिकबाट समानुपातिकतर्फकाे सभासद् भएका थिए । 





  • प्रकाशित मिति : पुस ५, २०७५ बिहीबार १७:४८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया