करिश्मा एमाले प्रवेशपछि दीपकराजको व्यंग्य : मैले पनि पार्टीमा जाने निर्णय गरेँ !

कलाकार दीपकराज गिरीले निर्वाचन नजिकिएसँगै कलाकारहरू पार्टी प्रवेश गर्न थालेको बताएका छन् । मंगलबार करिश्मा मानन्धर एमाले प्रवेश गरेपछि गिरीले यस्तो बताएका हुन् ।

उनले आफूलाई पनि पार्टीमा जान मन भएको तर ती पार्टीमा प्रवेश गर्नेहरूले कहिले पो पार्टी दिने हुन् कुन्नि भन्दै व्यङ्ग्यसमेत गरेका छन् ।  

‘चुनाव आयो ! हाम्रा कलाकार साथीहरू विस्तारै पार्टी प्रवेश गर्दै हुनुहुन्छ ! त्यसैले मैले पनि पार्टीमा जाने निर्णय गरेँ !  तर उहाँहरूले पार्टी पो कहिले दिने हो कुन्नि?’, गिरीले फेसबुकमा व्यंग्य गरेका छन् ।    





  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार ७:६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया