मारिओपल सहरमा १ लाख मानिस बिचल्लीमा

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी बम हमला र गोलाबारीबीच दक्षिणी बन्दरगाह सहरमा करिब १ लाख युक्रेनी बिचल्लीमा परेको बताएका छन्। 

‘आजसम्म मारिओपलमा करिब १ लाख मानिस अमानवीय अवस्थामा छन् । उनीहरूसँग खाना, पानी र औषधि छैन । त्यहाँ निरन्तर गोलाबारी र बम हमला भइरहेको छ’, राष्ट्रपतिले भने । 

त्यहाँ मानवीय करिडाेरमार्फत् नागरिकहरूलाई उद्दार गर्ने प्रयास रुसी गोलाबारी र ‘योजनाबद्ध आतंक’का कारण अवरोध भएको उनले बताए ।
 
एउटा मानवीय करिडोर रुसले नियन्त्रणमा लिएको जानकारी दिँदै जेलेन्स्कीले सरकारी कर्मचारी र उनीहरूका बस चालकलाई रुसी सेनाले बन्धक पारेको आरोप लगाए ।

जेलेन्स्कीले अगाडि भने, ‘सम्पूर्ण कठिनाइका बाबजुद मारिओपोलका ७ हजार २६ जनको मंगलबार सहरबाट उद्दार गरिएको छ ।’  

यसैबीच, पछिल्लो दुई सातामा युक्रेनले १ लाख टन मानवीय सहयोग प्राप्त गरेको उनले बताए । 

जेलेन्सकीले क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसलाई युक्रेनको भ्रमण गरेकोसमेत जानकारी दिएका छन् । 





  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार ८:५१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया