सुख्खा पहिरोले स्काभेटर पुरिएपछि राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ ।
सल्यानको कपुरकोट–३ चोरखोला नजिक छाँगामा सडक निर्माण गर्ने क्रममा मंगलबार बेलुकी खसेको पहिरोले बा २ क ८०७७० नम्बरको स्काभेटर पुरिएको हो ।
पहिरोमा परेर स्काभेटर चालक हिमनाथ योगी सामान्य घाइते छन् । घटनास्थलमा अर्को एउटा स्काभेटर भएपनि सडक खुलाउन सकेको छैन । दाङबाट अर्को स्काभेटर लगेर पहिरो हटाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।