इजरायलकाे सपिङ मलमा हमला, ४ जनाको मृत्यु

इजरायलकाे सहर बेरसेवामा भएको हमलामा कम्तीमा चार जनाको मृत्यु भएको छ । हमलामा अन्य केही घाइते भएका छन् । 

तीन जनाको सपिङ मलअगाडि चक्कु प्रहारमा मृत्यु भएको र चौथाे व्यक्तिको आक्रमणकारीले चलाएको बसले किचेर ज्यान गएको हो ।

प्रहरीले सो घटनालाई शंकास्पद अतिवादी प्रकृतिको आक्रमण भनेको छ । 

आक्रमणकारीलाई एक सर्वसाधारणले गोली हानेर मारिदिएको प्राप्त विवरणहरुमा जनाइएको छ । इजरायलको आन्तरिक सुरक्षा निकायले आक्रमणकारी अरबी मूलका इजरायली भएको जनाएको छ । 

अतिवादी मुस्लिम समूह इस्लामिक स्टेट (आइएस)लाई समर्थन गरेको आरोपमा उनी जेल परेका थिए । 

प्रहरीले आक्रमणकारीको नाम मुहम्मद गालेब अहमद अबु अल्किनी रहेको र बेरशेबाबाट झन्डै १२ माइल पूर्वमा रहेको हुराको बेइइन सहरको शिक्षक रहेको बताएको छ ।
 
 





  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार १०:४१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया