पोग्बाको विश्वकप पदक चोरी

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फ्रेन्च मिडफिल्डर पउल पोग्बाले विश्वकप उपाधि जित्दाको पदक चोरी भएको पुष्टि गरेका छन् ।

पछिल्लो हप्ता च्याम्पियन्स लिगअन्तर्गत युनाइटेड र एट्लेटिको मड्रिडबीचको खेलका दौरान पोग्बाको घरमा चोरी भएको थियो ।

‘त्यसमा मेरी आमाको गहना र विश्वकपको पदक थियो । सबैभन्दा महत्वपूर्ण कुरा बालबच्चाहरू सकुशल छन्’, पोग्बाले भने, ‘चोरीका बेला घरमा मेरा दुई बालबच्चा र हजुरआमा थिए ।’

सन् २०१६ मा युभेन्टसबाट म्यानचेस्टर युनाइटेड भित्रिएका पोग्बा र क्लबबीचको सम्झौता यसै वर्ष समाप्त हुँदैछ । उनी हाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि फ्रेन्च टोलीसँगै छन् । 





  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार १२:५४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया