पर्सामा १५ वर्षीया किशोरी बलात्कृत

पर्सामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका-९ विश्रामपुर बस्ने ३५ वर्षीय सन्देश महतो कोइरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

कोइरीले ती किशोरीलाई विवाह गर्छु भनी झुटाे प्रलोभनमा पारी नयाँ-नयाँ स्थानमा घुमफिर गराउने बहानामा बलात्कार गरेको प्रहरीले जनाएको छ । 

पटक-पटक बलात्कार गरेको भन्ने जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई वीरगञ्ज महानगरपालिका-१३ बाट पक्राउ गरको हो । 

उनीमाथि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।





  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार १३:२६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया