डडेल्धुरामा सुख्खा पहिरो जाँदा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।
बुधबार जिल्लाको भतकाँडास्थित साहुखर्क नजिकैको क्षेत्रमा सुक्खा पहिरो गएपछि सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने उक्त राजमार्ग अवरुद्ध बनेको हो ।
सुक्खा पहिरोले राजमार्ग अवरुद्ध भएको बताउँदै करिब ५ घण्टाभित्र राजमार्ग सञ्चालन हुने सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
यस्तै, पहिरो पन्छाउन दुई डोजर लगाइएको छ । राजमार्ग अवरुद्ध भएपछि सवारी साधन ठप्प बनेका छन् भने यात्रु अलपत्र परेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।