कास्की अदालतमा ताेडफाेड, मिसिल चाेरी भएकाे आशंका

कास्की जिल्ला अदालतमा ताेडफाेड भएकाे छ । ६ नम्बर इजलासको ढाेका फाेरिएकाे हाे । मिसिल रहेकाे दराजकाे ढाेका खुलेकाे अवस्थामा भेटिएकाे अदालतले जनाएकाे छ ।

सूचना अधिकारी निल पनेरुले इजलासकाे दराज फुटेकाे अवस्थामा रहेकाे बताए । उनका अनुसार घटनाबारे अनुसन्धान सुरु भएकाे छ । घटना मंगलबार राति भएकाे हाे । बिहान सफा गर्ने बेलामा कर्मचारीले थाहा पाएछन्,´ उनले भने, `नयाँ भवन भएकाेले सीसीटीभी क्यामेरा राखिएकाे छैन। घटना कसरी भयाे भन्ने यसै भन्न सक्ने अवस्था छैन ।´

प्रहरीले मुचुल्का गरेर फर्किएकाे छ । प्रमाण मिसिल चाेरी भएकाे हुनसक्ने प्रारम्भिक अनुमान छ । यद्यपि मिसिलबारे कर्मचारीले छानबिन गरिरहेका छन् ।

ताेडफाेडमा प्रयाेग भएकाे फलामकाे रड फेला परेकाे प्रहरीले जनाएकाे छ । साेही रडकाे फिंगर प्रिन्टदेखि सीसीटीभी फुटेजसमेत हेरेर अनुसन्धान अघि बढाइएकाे हाे । उक्त इजलासकाे जिम्मा न्यायाधीश देवप्रसाद योगीलाई थियाे । 

वडा प्रहरीकै अगाडि कसरी भाे ताेडफाेड ?

अदालतकाे ठ्याक्कै अगाडि वडा प्रहरी कार्यालय छ । डीएसपीकाे कमान्डमा प्रहरी खटिएका छन् । लेकसाइड क्षेत्र भएकाेले यहाँकाे प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरू चौविसै घण्टा उच्च सतर्कतासाथ बस्छन् । साेही कार्यालय अघिकाे अदालतमा भएकाे ताेडफाेड रहस्यमय छ ।





  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार १६:१७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया