प्रचण्ड भन्छन् - अबको निर्वाचन माओवादीका लागि ब्याटल हो

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको निर्वाचन माओवादी केन्द्रका लागि ब्याटल भएको बताएका छन् । 

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीका केन्द्रीय आयोगको अन्तरक्रियात्मक संयुक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनाव फरक प्रकारको ब्याटल भएको बताएका हुन् ।

पार्टीका नेता कार्यकर्ताले संगठन व्यवस्थित नगर्दा र अलि निष्क्रिय हुँदा प्रतिक्रियावादीले कसरी आक्रमण गर्छन् भन्ने संसद विघटनसम्मको घटनाले देखाएको भन्दै अध्यक्ष प्रचण्डले संसद विघटनको घटना संविधान विघटन र परिवर्तनका शक्तिमाथिको आक्रमण भएको बताए ।

आफूहरूले परिवर्तनको रक्षाका लागि अपिल गरेको बताउँदै अध्यक्ष प्रचण्डले संविधान, गणतन्त्र, संघीयता र समावेशी समानुपातिक जस्ता उपलब्धिलाई जोगाउन आफूहरूले जित्नैपर्ने बताए । 

अहिलेको मुख्य काम स्थानीय तहको निर्वाचनमा सकारात्मक परिवर्तन ल्याउन पहल गर्नुपर्ने भन्दै उनले सबैले राजनीतिक र प्राविधिक रुपमा आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्नुपर्ने बताए ।

पार्टीमा भएका असल, अनुशासित र विषयगत क्षेत्रका कुशल नेतालाई आयोगमा राखिएको भन्दै अध्यक्ष प्रचण्डले आयोगका सदस्यलाई पार्टीका निर्वाचन केन्द्रीत अस्थायी कमाण्डमा कार्यविभाजन गरेर जोडिन र फिल्डमा काम गर्न निर्देशन दिए ।



बैठकमा अनुशासन आयोगका सचिव अशोक रोकाया, लेखापरीक्षण आयोगका सचिव टेकनाथ आचार्य र निर्वाचन आयोगका सचिव प्रदीप पोखरेलले आ–आफ्नो आयोगको रिपोर्ट प्रस्तुत गरेका थिए ।



  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार १७:१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया