नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्षमा दुजाङ शेर्पा चयन भएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गतेको बैठकको निर्णयअनुसार रिक्त रहेको भ्रातृसंस्था नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा शेर्पालाई नियुक्त गरेका हुन् ।
तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्ने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यसैगरी, नेपाल तरूण दलकाे अध्यक्षमा विद्वान गुरूङ चयन भएका छन् । कांग्रेसकाे १४औँ महाधिवेशनमा नेवि संघ र तरुण दल अध्यक्ष केन्द्रीय सदस्यमा चयन भएसँगै दुवै भ्रातृसंगठन रिक्त थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।